Logo २०८२ फाल्गुन १९ मंगलबार
कोभिडको अवस्था हेरी विद्यालय खाेल्न पाइने

कोभिडको अवस्था हेरी विद्यालय खाेल्न पाइने


Epress Khabar प्रकाशित मिति : मंगलबार, भाद्र १५ २०७८
1.2K
SHARES

जुम्ला, १५ भाद्र – जिल्लाका सातवटै गाउँपालिकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर शैक्षिक संस्था सञ्चालनमा ल्याउन सक्ने भएका छन् । जिल्ला कोभिड व्यवस्था केन्द्र (डिसीएमसी) हुम्लाले जिल्लाका सबै विद्यालयमा पठनपाठन सञ्चालनको लागि गाउँपालिकाले आफ्नो अनुकुलता हेरी सञ्चालन गर्न सक्ने गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको बैठकले कोभिड संक्रमणमा कमि आएपछि लामो समयदेखि बन्द रहेका विद्यालय सञ्चालन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारीसमेत रहेका कोभिड १९ व्यवस्थापन केन्द्रका संयोजक गणेश आचार्यले बताए । कोभिड संक्रमण कम हुँदै गइरहेको र स्थानीयस्तरबाट विद्यालय खुलाउनु पर्ने माग आएकोले डिसीएमसीको बैठकबाट विद्यालय खुलाउने निर्णय गरिएको उनले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयले जिल्लाका सातवटै गाउँपालिकालाई विद्यालय सञ्चालनका लागि पत्र लेख्ने र अवस्था विश्लेषण गरी गाउँपालिकाले विद्यालय सञ्चालनको लागि सहज हुने छ । केन्द्रले विद्यलाय सञ्चालनको लागि निर्णय गरेपनि गाउँपालिकाहरूले विद्यालय खुलाउँदा कोरोनाको अवस्था हेरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्ने र त्यसै अनुरुपको वातावरणका तयार गरेर मात्र विद्यालय सञ्चालन गर्नुपर्ने आचार्यले बताए ।

हुम्ला जिल्लामा १३७ वटा सामुदायिक विद्यालय रहेका छन् भने केही निजी विद्यालय पनि छन् । यसअघि ताँजाकोट गाउँपालिकाका सवै विद्यालय र नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीका दुईवटा गाउँमा भने कोरोनाको अवधिमा पनि विद्यालयहरू खुलेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend