Logo २०८२ फाल्गुन १९ मंगलबार
वन्यजन्तुबाट मकै जाेगाउन रातभर जाग्राम

वन्यजन्तुबाट मकै जाेगाउन रातभर जाग्राम


Epress Khabar प्रकाशित मिति : मंगलबार, भाद्र १५ २०७८
2.6K
SHARES

जाजरकोट, १५ भदौ – जाजरकोटको बारेकोट गाउँपालिकामा वन्यजन्तुले अन्नबाली सखाप पार्न थालेपछि किसान हैरान छन् । वन्यजन्तुबाट अन्नबाली जोगाउन यहाँका किसान खेतबारीमै रातभर जाग्राम बस्ने गरेका छन् ।

‘कति बेला बाँदर, स्याल आउँछ, सबै मकै खाएर जान्छ अत्तोपत्तो नै हुँदैन,’ बारेकोट गाउँपालिकाका रतनबहादुर नेपालीले भने, ‘राति पनि सत्न पाइँदैन, खेतमै जाग्राम बस्नुपर्छ ।’ मकैबाली जोगाउन टर्चको भरमा रातभर बस्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

ध्यारगाउँका विष्णु गिरीले तीन रोपनी खेतमा मकै लगाएका छन् । ‘वन्यजन्तुबाट मकै जोगाउन सकिएन भने त पछि के खाने भन्ने चिन्ता हुन्छ,’ उनले भने । बाँदर, स्याल, दुम्सी, भालु लगायतका वन्यजन्तुले मकै खाने गरेको किसानले बताएका छन् ।

मकैबाली यहाँको मुख्य बाली हो । मकैले पनि वर्षभरको खाद्यान्न जोहो नहुने भएपछि आयातित अन्नमा जीवन चलाउनुपर्ने बाध्यता छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend