Logo २०८२ फाल्गुन २१ बिहिबार
इजरायलमा राेजगारी : केयरगिभरकाे लिखित परीक्षा २८ भदाैमा

इजरायलमा राेजगारी : केयरगिभरकाे लिखित परीक्षा २८ भदाैमा


Epress Khabar प्रकाशित मिति : मंगलबार, भाद्र १५ २०७८
491
SHARES

काठमाडाैं, १५ भदाै- इजरायल रोजगारीमा जान आवेदन दिएका इच्छुक कामदारको लिखित परीक्षाको मिति तय भएको छ । दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयरगिभर) का लागि आवेदन दिएकाहरूको अंग्रेजी भाषाको लिखित परीक्षा २८ भदौ दिउँसो १ बजे काठमाडौंमा हुने वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । परीक्षा भौतिक उपस्थितिमै हुने भएको छ ।

लिखित परीक्षामा उत्तीर्ण हुने उम्मेदवारको अन्तर्वार्ता हुनेछ । छनाेट प्रक्रिया नलम्बिएमा कामदार असोज मसान्तसम्म इजरायल उड्ने छन् ।इजरायल रोजगारीका लागि एक हजार कामदारको माग गरेकोमा अनलाइनमार्फत नौ हजार ६ सय ९९ ले आवेदन दिएका छन् ।

इजरायलम कामदारका लागिकम्तीमा १२ कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको इजरायलमा नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिकाअनुसार कामदारले नेपाल सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्याबाट केयर गिभरसम्बन्धी कम्तीमा तीन महिनाको तालिमप्राप्त गरेको हुनुपर्नेछ । यसैगरी, कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको हुनुपर्ने निर्देशिकामा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend