Logo २०८२ फाल्गुन २१ बिहिबार
माधवकुमार नेपालले नयाँ पार्टी खोले पनि पार्टीको केन्द्रीय कार्यालय राख्ने स्थान भेटेनन्, छन् तनावमा

माधवकुमार नेपालले नयाँ पार्टी खोले पनि पार्टीको केन्द्रीय कार्यालय राख्ने स्थान भेटेनन्, छन् तनावमा


Epress Khabar प्रकाशित मिति : मंगलबार, भाद्र १५ २०७८
589
SHARES

काठमाडौं, १५ भदौ । माधवकुमार नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० ले पार्टी गठन भएको एक सातासम्म पनि पार्टीको केन्द्रीय कार्यालय राख्ने स्थान भेट्न सकेको छैन ।

निर्वाचन आयोगमा दल दर्ता गर्दा नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहेको विवरण बुझाइए पनि बानेश्वरको अर्याल होटल र होटल छेउको एउटा स्कुलबाट पार्टी सम्पर्कको काम हुँदै आएको छ ।
बानेश्वर आसपास कार्यालय नभेटेपछि यतिवेला बबरमहल र बिजुलीबजारबीचको आर्कब्रिज नजिकै रहेको एउटा कम्पाउन्डसहितको तीनतले घरमा कार्यालय राख्ने विषयमा कुराकानी भइरहेको सो पार्टीका नेताहरूले बताएका छन् । सो घर बबरमहलतर्फ किंग्स कलेजको छेउमै पर्छ ।

नेताहरूका अनुसार मिनभवनमा पनि एउटा घर भेटिएको छ त टुंगो भने लागिसकेको छैन ।

अध्यक्ष माधव नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार मंगलबार दिनभर कार्यालयका लागि मिनभवन जाने कि बबरमहल भन्ने विषय टुंगो लाग्दैछ । उनले दुवैतर्फ घर हेरिएको, तर फाइनल नभएको न्युज कारखानालाई बताए । पार्टीका नेताहरू भने बबरहमल बस्ने कि मिनभवन भन्ने विषयमा अझै अन्योल नै रहेको बताउँछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend