Logo २०८२ फाल्गुन १९ मंगलबार
यसकारण खुशीले फुरुगं छन् महन्थ ठाकुर

यसकारण खुशीले फुरुगं छन् महन्थ ठाकुर


Epress Khabar प्रकाशित मिति : मंगलबार, भाद्र १५ २०७८
1.3K
SHARES

जनकपुर, १५ भदौ – जनकपुरधाम उपमहानगरपलिका तत्कालिन राजपाबाट निर्वाचित भएका ७२ जना मध्ये ५४ जनाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल रोजेको छन् ।

तत्कालिन राजपाबाट निर्वाचित भएर जनता समाजवादीमा प्रवेश गरेका ७२ जना मध्ये ५४ जनाले महन्थ ठाकुर नेतृत्वको नव गठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पक्षमा सनाखत गरेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

लोसपाका नेता मनोज चौधरीका अनुसार जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रीता झा, हंसपुर नगरपालिकी उपमेयर रेणु झासहित ५४ जनाले लोसपा रोजेका हुन् । त्यसैगरि, जनकपुरधाम उपमहनगरपालिकाका वडा नम्बर १, ४, ६, ७, ८, ११, २० र २२ का वडा अध्यक्षहरूले समेत लोसपाको पक्षमा सनाखत गरेका छन् ।

विभाजित भएको जनता समाजवादी पार्टीका नेतालाई निर्वाचन आयोगले आफ्नो ईच्छाएको पार्टी रोज्न भदौ २२ गतेसम्मको समय तोकेको थियो । मंगलबार जनकपुरधाम उपमहानगरपालिका र हंसपुर नगरपालिका जनप्रतिनिधीले सनाखत गराएका छन् । अन्य स्थानीय तहमा निर्वाचित जनप्रतिनिधले क्रमिक रूपमा सनाखत गराउने नेता चौधरीले बताए ।

प्रदेश सासदहरूले बुधबार सनाखत गर्ने कार्यक्रम रहेको नेता चौधरीले बताए । सनाखतकै लागि लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायत पार्टीका शीर्ष नेताहरू बुधबार जनकपुर पुग्ने भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend