Logo २०८२ फाल्गुन १९ मंगलबार
लागूऔषध ओसारपसारमा संलग्न श्रीमान् श्रीमती पक्राउ

लागूऔषध ओसारपसारमा संलग्न श्रीमान् श्रीमती पक्राउ


Epress Khabar प्रकाशित मिति : बुधबार, भाद्र १६ २०७८
736
SHARES

सुनसरी, १६ भदौ- इलाका प्रहरी कार्यालय इटहरीले २१ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरी सुनसरीको इटहरी १२ बाट सवारी साधन चेकजाँच गर्ने क्रममा विराटनगरतर्फ जाँदै गरेको प्र–१–०२–०४३ प ८८०४ नम्बरको मोटरसाइकलमा सवार दुईजनालाई गाँजासहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनकुटा सांगुरीगढी गाउँपालिका ८ घर भई हाल इटहरी-४ मा कोठाभाडामा बस्दै आएका २७ वर्षीय दीपेन्द्र राई र मोटरसाइकलको पछाडि सवार उनकी श्रीमती २५ वर्षीया शर्मिला राई रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकलको बीचमा ‘ह्याप्पी बर्थडे’ लेखिएको रंगीचंगी र्‍यापिङ पेपरले बाहिरबाट बेरेर राखेको अवस्थामा कार्टुन र मोटरसाइकलको लेगार्डमा झुण्ड्याइएको जेब्रा झोलाभित्र प्याक गरिएको अवस्थामा गाँजा बरामद भएको हो । प्रहरीले उनीहरूको साथबाट २१ किलो गाँजा बरामद गरेको जनाएको छ ।

यस्तै गाँजा ओसारपसारमा संलग्न भारतको अररिया जिल्ला जोगवनी थाना पीपरा पञ्चायत-६ विसनपुर (बिहार) बस्ने अन्दाजी ३० वर्षीय टुनटुन यादवलाई समेत मोरङ प्रहरीको सहयोगमा विराटनगर १५ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न तीनै जनालाई जिल्ला अदालत सुनसरीबाट लागूऔषध मुद्दामा नौ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend