Logo २०८२ फाल्गुन १९ मंगलबार
बलिउड छिर्दै रश्मिका

बलिउड छिर्दै रश्मिका


Epress Khabar प्रकाशित मिति : बिहिबार, भाद्र १७ २०७८
610
SHARES

मुम्बई । दक्षिण भारतीय अभिनेत्री रश्मिका मंदाना बलिउड छिर्ने तयारीमा छन् । उनको बलिउड प्रवेशलाई लिएर अहिले भारतभर चर्चा चलिरहेको छ । चलचित्र निर्देशक तथा निर्मातासँगै रश्मिका पनि स्वभाविक रुपमा निकै उत्साहित छन् । केही दिन पहिले उनले ट्विट गर्दै लेखिन्, ‘मित्रहरु, मैले भर्खरै यसबारे थाहा पाएँ कि तपाईंहरुमध्ये कोही धेरै टाढाबाट यात्रा गरेर मलाई भेट्न मेरो घरमा आउनुभएको थियो । तपाईंलाई अनुरोध छ कि यस्तो नगर्नुस् । मलाई नराम्रो लागिरहेछ कि मैले तपाईंलाई भेट्न पाइनँ । म आशा गर्छु कुनै दिन तपाईंसँग भेट्ने अवसर मिल्नेछ । तर अहिलेका लागि तपाईंको माया यहाँ सोसल मिडियामा देखाउनुस् । मलाई खुसी लाग्नेछ ।’

अभिनेत्री रश्मिकाले यो ट्विट आफूलाई भेट्न ९ सय किलोमिटर टाढाबाट आएका आकाश त्रिपाठीप्रति समर्पित थियो । उनको यो ट्विट लोकप्रियताको प्रमाणसमेत हो । मोडलिङ हुँदै चलचित्रमा प्रवेश गरेकी उनी छोटो समयमा निकै चर्चा कमाउन सफल भएकी छन् । ‘कर्नाटक क्रस’ भनेर चिनिने उनलाई अचेल भारतको ‘नेसनल क्रस’ भन्न थालिएको छ । सौर्य दैनिकमा खबर छ । अभिनेत्री कन्नड चलचित्र ‘किरिक पार्टी’ बाट सन् २०१६ मा चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । उनको यो चलचित्र वर्षकै सफल बन्न पुग्यो । ‘किरक पार्टी’ सफल भएपछि दर्शकको रोजाइमा परेकी उनलाई चलचित्र ‘डियर कमरेड’ र ‘गीता गोविन्दम्’ ले चर्चाको चुलीमै पुर्यायो । पहिलो चलचित्रबाट उनले डेब्यु अभिनेत्रीसँगै उत्कृष्ट अभिनेत्रीको अवार्डसमेत हात पार्न सफल भइन् । यस्तै, महँगो पारिश्रमिक लिने अभिनेत्रीको रुपमा समेत उनी चिनिइन् । अभिनेत्री रश्मिकाले कन्नड, तमिल र तेलुगु भाषाका राम्रा ब्यानर र कहलिएका अभिनेतासँग काम गरेकी छन् । उनी अहिले दुई बलिउड चलचित्र ‘मिसन मजनु’ र ‘गुडबाई’ मा व्यस्त छन् । बलिउड चलचित्र ‘मिसन मजनु’ मा उनी अभिनेता सिद्धार्थ मल्होत्रा र ‘गुडबाई’ मा अभिनेता अमिताभ बच्चनसँग देखिँदै छन् । उनले आइतबार ट्विटमार्फत ‘मिसन मजनु’ को आफ्नो तर्फको छायांकन सकिएको उल्लेख गरेकी छन् ।

बलिउड डेब्युका लागि तयार रश्मिकाले पछिल्लो ट्विटमा लेखेकी छन्, ‘र यो ¥याप हो । कस्तो प्यारो, सुन्दर समय थियो । मैले मेरो पहिलो हिन्दी चलचित्रको काम सकिसकेँ भन्दा विश्वास नै लाग्दैन । मलाई याद छ । जब मैले पहिलो पटक स्क्रिप्ट सुनेको थिएँ र त्यहीबेला म यो यो सुन्दर चलचित्रको एक हिस्सा बन्न चाहन्छु भन्ने भएको थियो ।’ यसबाहेक उनले तेस्रो बलिउड चलचित्र साइन गर्न लागेको समेत संकत गरेकी छन् । यस्तै, उनको ‘पुष्पा’ दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनसँग दुई भागमा एक साथ बनिरहेको महत्वपूर्ण चलचित्र हो । चलचित्रमा जस्तै रश्मिकाको सामाजिक सञ्जालमा पनि ठूलो क्रेज छ । २५ वर्षीया रश्मिकाको इन्स्टाग्राममा १ करोड बढी प्रशंसक छन् । सन् उनलाई २०२० मा बैंगलोर टाइम्सले ‘मोस्ट डिजाइरेबल वुमन’ को उपाधिसमेत दिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend