Logo २०८२ फाल्गुन १९ मंगलबार
चीनले दिएको ३० लाख डोज कोभिड खोप उत्तर कोरियाद्वारा अस्वीकार

चीनले दिएको ३० लाख डोज कोभिड खोप उत्तर कोरियाद्वारा अस्वीकार


Epress Khabar प्रकाशित मिति : बिहिबार, भाद्र १७ २०७८
498
SHARES

काठमाडौं, १७ भदौ-उत्तर कोरियाले चीनको ३० लाख डोज कोभिड खोप अस्वीकार गरेको छ । कोभिडबाट सबैभन्दा बढी प्रभावित देशमा ती खोप प्रयोग गर्न सक्ने भन्दै प्योङयाङले खोप लिन अस्वीकार गरेको हो ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को कोभ्याक्स कार्यक्रममार्फत प्योङयाङलाइ ३० लाख डोज सिनोभ्याक भ्याक्सिन उपलब्ध गराइएको थियो । अहिलेसम्म उत्तर कोरियामा कोभिडका बिरामी नदेखिएको जनाइएको छ । सिमा नाका बन्द, आवतजावतमा कडाइ र भाइरस नियन्त्रणमा सरकारले चालेका कडा कदमका कारण उत्तरलाई महामारीले असर गरेको छैन ।

उत्तरले खोप अस्वीकार गरेको यो पहिलोपटक भने होइन । खोपको नकारात्मक असर दर्शाउँदै जुलाईमा उसले एस्ट्राजेनेकाको २० लाख खोप लिन अस्वीकार गरेको थियो । चिनियाँ खोप प्रभावकारी नभएकाले उसले ती खोप अस्वीकार गरेको इन्स्टिच्युट फर नेसनल सेक्युरिटी स्ट्राटेजीले जनाएको थियो । उत्तरले अहिले रसियामा बनेका खोपप्रति चासो देखाएको छ ।

पहिलो डोज सिनोभ्याक लगाएका थाइल्यान्ड, उरुग्वेलगायतका देशले शरीरको प्रतिरोध क्षमता बढाउन अर्को खोप दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend