Logo २०८२ फाल्गुन २१ बिहिबार
२४ घण्टामा २००४ मा संक्रमण, १६ जनाको निधन

२४ घण्टामा २००४ मा संक्रमण, १६ जनाको निधन


Epress Khabar प्रकाशित मिति : बिहिबार, भाद्र १७ २०७८
813
SHARES

काठमाडौं, १७ भदौ-कोरोना  संक्रमण आज एकै दिन दुई हजार चार जनामा संक्रमण देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विगत २४ घण्टामा १४ हजार ६५० जनामा परीक्षण गर्दा दुई हजार चार जनामा संक्रमण देखिएको हो । सक्रिय संक्रमित ३३ हजार ९४६ जना रहेका छन् ।

संक्रमणबाट निको भई आज एक हजार ८४६ जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख २१ हजार १८२ जना निको भइ घर फर्किएका हुन् । नेपालमा निको हुने दर ९४.२ प्रतिशत रहेको छ ।

यस्तै संक्रमणबाट विगत २४ घण्टामा १६ जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ७८६ जनाको संक्रमणबाट ज्यान गएको छ । नेपालमा प्रतिदश लाखमा ३६३.५जनाको संक्रमणको कारणले निधन हुने गरेको छ ।

यस्तै ५४४ जना सघन उपचार कक्ष (आइसियु), १६६ जना भेन्टिलेटर, ३१ हजार ६१९ जना होम आइसोलेसन, दुई हजार ३२७ जना संस्थागत आइसोलेसन र ३०२ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा सङ्क्रमणको दर १९.५ प्रतिशत रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend