Logo २०८२ फाल्गुन २१ बिहिबार
कांग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट दर्ता, आइतवार पेसी

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट दर्ता, आइतवार पेसी


Epress Khabar प्रकाशित मिति : बिहिबार, भाद्र १७ २०७८
610
SHARES

काठमाडौं, १७ भदौ -सत्तारुढ नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ ।कांग्रेस बागमती प्रदेश सांसद नरोत्तम वैद्यले बिहीबार दायर रिट दर्ता भएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । उनका अनुसार रिटमा आइतवार पेसी तोकिएको छ ।

कोभिड महामारीमा महाधिवेशन गर्न उपयुक्त नहुने भन्दै मंसिरमा तोकिएको १४औं महाधिवेशन रोक्न वैद्यले माग गरेका छन् ।रिटमा कांग्रेसको वैधता कानुनी रुपमा अझै एक वर्ष रहेको, माओवादी र एमालेको महाधिवेशन पनि धेरै समयदेखि नभएकाले कोभिड महामारीलाई हेरेर अहिले महाधिवेशन गर्न उपयुक्त नहुने तर्क गर्दै अन्तरिम आदेश माग गरिएको छ ।

१८ भदौबाट वडा तहदेखि शुभारम्भ हुन लागेको कांग्रेस केन्द्रीय महाधिवेशन ९–१३ मंसिरमा तय भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend