Logo २०८२ फाल्गुन १९ मंगलबार
माथिल्लो मर्स्याङ्दी ‘ए’ले दैनिक एक करोड घाटा बेहोर्दै

माथिल्लो मर्स्याङ्दी ‘ए’ले दैनिक एक करोड घाटा बेहोर्दै


Epress Khabar प्रकाशित मिति : बिहिबार, भाद्र १७ २०७८
596
SHARES

लमजुङ, १७ भदौ – गत १ असारमा मर्स्याङ्दी नदीमा आएको बाढीका कारण आयोजनाको संरचनामा क्षति पुगेसँगै सोही दिनदेखि आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ । माथिल्लो मर्स्याङ्दी ए जलविद्युत आयोजनाको दुई महिनादेखि विद्युत उत्पादन बन्द छ । विद्युत् उत्पादन बन्द हुँदा दैनिक करोड रुपैयाँभन्दा बढीको नोक्सानी भएको आयोजनाले जनाएको छ ।

आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीका अनुसार बर्खाको समयमा पूर्ण क्षमतामा विद्युतगृह चल्ने हुँदा दैनिक एक करोड रुपैयाँ बराबरको आम्दानी गुमिरहेको छ । आयोजनामा क्षति पुगेका संरचना मर्मतका लागि थप रकम खर्च हुने अधिकारीले बताए । दुई महिनादेखि बन्द आयोजना मर्मत गरी पुनः विद्युत् उत्पादन गर्नका लागि अझै दुई महिना लाग्ने आयोजनाले जनाएको छ ।

आयोजनाको दुई महिनामा थप ६० करोड रुपैयाँभन्दा बढी आम्दानी गुम्ने देखिएको छ । बाढीले आयोजनाको विद्युत प्रवाह हुने प्रसारण लाइनको संरचनामा पनि क्षति पुर्‍याएको छ । क्षतिग्रस्त प्रसारण लाइनको पुनर्निर्माण कार्य सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । क्षतिग्रस्त विद्युतगृहका उपकरण चीनबाट आयात गरेर बदली गर्ने कम्पनीको तयारी छ । आयोजनाको अन्य संरचनामा अहिले पनि मर्मत कार्य जारी छ ।

बाढीका कारण आयोजनाको दुवै टर्मिनलमा क्षति पुगेकाले अब नयाँ संरचना राख्ने तयारी भएको जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताए । चीनबाट नयाँ टर्मिनल ल्याउने तयारी भएको र पुरानोलाई पनि मर्मत गरिने अधिकारीको भनाइ छ ।

यस्तै, आयोजनाको बाँधदेखि पावरहाउससम्मको ११ केभी विद्युत् प्रसारण लाइन र सडक संरचनामा पनि ठूलो क्षति पुगेको छ । बाढीले आयोजनाका केही उपकरणसमेत बगाएको थियो । आयोजनामा चिनियाँ बहुराष्ट्रिय कम्पनीको सिनो होइड्रोको ९० र नेपालको सगरमाथा हाइड्रोपावर कम्पनीको १० प्रतिशत लगानी रहेको छ । आयोजनाले २०७३ असोजदेखि विद्युत उत्पादन सुरु गरेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend