Logo २०८२ फाल्गुन १९ मंगलबार
१७५६ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु

१७५६ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु


Epress Khabar प्रकाशित मिति : शुक्रबार, भाद्र १८ २०७८
813
SHARES

काठमाडाैँ, १८ भदौ- पछिल्लो २४ घण्टामा एक हजार सात सय ५६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा १४ हजार तीन सय ३४ नमुना परीक्षण गर्दा एक हजार सात सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रबार अपरान्हसम्म सक्रिय संक्रमितको संख्या ३३ हजार ६ रहेको छ । काठमाडौँमा चार सय ६७, भक्तपुरमा ७१ र ललितपुरमा एक सय २९ जना गरी काठमाडौँ उपत्यकामा ६ सय ६७ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ७४ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म सात लाख २३ हजार चार सय ५६ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९४.३ प्रतिशत पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट २३ जनाको मृत्यु भएको छ । अहिलेसम्म १० हजार आठ सय नौ जनाको संक्रमणबाट मृत्यु गएको छ । नेपालमा प्रति दश लाखमा ३६४.३ जनाको संक्रमणको कारणले मृत्यु हुने गरेको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पाँच सय ४० जना सघन उपचार कक्ष (आईसीयू), एक सय ५६ जना भेन्टिलेटर, ३० हजार ६ सय ६२ जना होम आइसोलेसन, दुई हजार तीन सय ४४ जना संस्थागत आइसोलेसन र दुई सय ७४ जना क्वारेन्टिनमा छन् । नेपालमा संक्रमणको दर १९.५ प्रतिशत रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend