Logo २०८२ फाल्गुन १९ मंगलबार
मन्त्रिपरिषद्लाई पूर्णता दिन देउवा, प्रचण्ड र माधव छलफलमा

मन्त्रिपरिषद्लाई पूर्णता दिन देउवा, प्रचण्ड र माधव छलफलमा


Epress Khabar प्रकाशित मिति : शनिबार, भाद्र १९ २०७८
911
SHARES

काठमाडौं, १९ भदौ – सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसिरहेको छ । मन्त्रिपरिषदलाई पूर्णता दिन र अन्य समसामयिक विषयमा छलफल गर्न बैठक बसेको बसिरहेको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सहभागी छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादव काठमाडौं उपत्यकाबाहिर रहेकाले बैठकमा उपस्थित नरहेको स्वकीय सचिव देउवाले बताए । सत्ता गठबन्धनका नेताहरुको बैठकले मन्त्रिपरिषदबारे टुंगो लगाउन नसकेपछि शीर्ष नेतालाई टुंग्याउन जिम्मेवारी दिइएको छ ।

सत्ता गठबन्धनमा मन्त्रालय संख्या र कुन कुन मन्त्रालय लिने भन्ने विषय टुंगिन सकेको छैन । जसका कारण मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend