Logo २०८२ फाल्गुन २१ बिहिबार
चीनसँग कुनै पनि सीमा विवाद छैन, छानबिन समिति किन बनाउनेः ओली

चीनसँग कुनै पनि सीमा विवाद छैन, छानबिन समिति किन बनाउनेः ओली


Epress Khabar प्रकाशित मिति : आइतबार, भाद्र २० २०७८
505
SHARES

काठमाडौं, भदौ २० । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई अनुशासित र एकताबद्ध बनाउने बताएका छन् । काठमाडौं महानगर कमिटीले आयोजना गरेको बृहत् कार्यकता भेलालाई सम्बोधन गर्दै पार्टीलाई एकताबद्ध बढाएर मुलुककै ठूलो पार्टी बनाउने ओलीको दाबी छ ।

“पार्टीलाई निष्ठावान, व्यक्तिगत स्वार्थमा कुद्ने नभई पार्टीको आर्दश उद्देश्य र कर्तत्वप्रति निष्ठावान बनाइने छ”, उनले भने, “पार्टी अब अनुशासित र एकताबद्ध हुनेछ ।” नेता ओलीले आगामी निर्वाचनपछि पार्टीको सरकार बन्ने र मेलम्चीको पानी काठमाडौँमा आउनेसमेत बताए ।

उनले आफूहरू जनताका बीचमा गएर आफूले गरेका राम्रो कामको प्रचार गरेर निर्वाचनमा जाने बताए । उनले सत्तापक्षका गठबन्धनविरुद्ध आफ्नो पार्टी एक्लै निर्वाचनमा जानेसमेत बताए । “उहाँहरूलाई मोर्चा कसेर एमालेका विरुद्ध चुनाव लड्न आग्रह गर्न चाहन्छु, त्यसैले मिलेर आए जमानत जोगिन्छ”, उनले भने, “एमाले कुनै वैशाखी टेकेको पार्टी होइन । जनता र देशको विकास गर्ने पार्टी हो । त्यसका कारण पार्टी एक्लै चुनाव लडछ र चुनाव जित्ने छ ।”

उनले चीनसँग कुनै पनि सीमा विवाद नभएको र सीमा सम्बन्धमा छानबिन समिति बनाउन कुनै आवश्यक नभएको बताएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend