Logo २०८२ फाल्गुन २१ बिहिबार
विश्वकप छनोट खेल : युक्रेनसँग १-१ गोलको बराबरीमा रोकियो फ्रान्स

विश्वकप छनोट खेल : युक्रेनसँग १-१ गोलको बराबरीमा रोकियो फ्रान्स


Epress Khabar प्रकाशित मिति : आइतबार, भाद्र २० २०७८
2.2K
SHARES

काठमाडौं, २० भदौ – विश्व विजेता फ्रान्स विश्वकप छनोट अन्तर्गत युरोपेली छनोट खेलमा बराबरीमा रोकिएको छ । शनिबार राति भएको समूह ‘डि’ को खेलमा फ्रान्स घरेलु टोली युक्रेनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

बराबरीसँगै सन् २०१८ को विश्वकप विजेता फ्रान्सले सबै खाले प्रतियोगितामा लगातार ५औँ बराबर नतिजा निकालेको छ । घरेलु टोली युक्रेनका मिकोला सापरेन्कोले ४४औँ मिनेटमा अग्रता दिलाएका थिए । मार्सियलले ५०औँ मिनेटमा गोल गर्दै फ्रान्सको हार संकट टारे ।

फ्रान्स आफ्ना अट्याकर केलियन एम्बाप्पेबिना मैदान प्रवेश गरेको थियो । एम्बाप्पे चोटका कारण टोली बाहिर छन् ।

बराबरीका बावजुद फ्रान्स समूह ‘डि’को शीर्ष स्थानमा छ । पाँच खेलबाट नाै अंक जोडेको फ्रान्स शीर्ष स्थानमा रहेकाे हाे । समान ५-५ अंक रहे पनि फिनल्याण्ड र युक्रेन दोस्राे र तेस्रो स्थानमा छन् । समान दुई अंकका साथ बोस्निया एन्ड हर्जगोभिना र काजकिस्तान चौथो तथा पाँचौ स्थानमा छन् ।

समूह ‘डि’ को अन्य खेलमा फिनल्यान्डले काजकिस्तानमाथि १-० को जित हासिल गरेकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend