Logo २०८२ फाल्गुन २१ बिहिबार
कोभिड १९ : १०८९ मा संक्रमण, २० जनाको निधन

कोभिड १९ : १०८९ मा संक्रमण, २० जनाको निधन


Epress Khabar प्रकाशित मिति : आइतबार, भाद्र २० २०७८
2.7K
SHARES

काठमाडौं, २० भदौ -आइतवार एक हजार ८९ जनामा कोभिड १९ संक्रमण देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विगत २४ घण्टामा सात हजार ९७१ जनामा परीक्षण गर्दा एक हजार ८९ संक्रमण देखिएको हो ।

सक्रिय संक्रमित ३१ हजार २४८ जना रहेका छन् । ५०० भन्दा बढी संक्रमित भएका जिल्ला १९ रहेका छन् ।यस्तै संक्रमणबाट निको भई आज एक हजार ५३४ जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख २७ हजार १८५ जना निको भइ घर फर्किएका हुन् । नेपालमा निको हुने दर ९४ प्रतिशत ५ प्रतिशत रहेको छ ।

यस्तै संक्रमणबाट विगत २४ घण्टामा २० जनाको ज्यान गएको छ ।अहिलेसम्म १० हजार ८३८ जनाको संक्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति दश लाखमा ३६५ प्रतिशत ३ जनाको संक्रमणको कारणले निधन हुने गरेको छ ।

यस्तै ५२३ जना सघन उपचार कक्ष (आईसीयू), १६२ जना भेन्टिलेटर, २९ हजार ८१ जना होम आइसोलेसन, दुई हजार १६७ जना संस्थागत आइसोलेसन र २६६ जना क्वारेन्टिनमा रहेका छन् ।नेपालमा सक्रमणको दर १९.५ प्रतिशत रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend