Logo २०८२ फाल्गुन १९ मंगलबार
स्मिताको स्वरमा हिन्दी गीत

स्मिताको स्वरमा हिन्दी गीत


Epress Khabar प्रकाशित मिति : सोमबार, भाद्र २१ २०७८
1.3K
SHARES

काठमाडौं । गायिका स्मिता दाहालको स्वर रहेको हिन्दी गीत ‘इबादत बन गए हो’ सार्वजनिक भएको छ । उनको पहिलो हिन्दी गीत भारतको टि–सिरिजको ‘पप चार्टबस्टर्स’ युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । गायनमा उनलाई गायक शबाब सबरीले स्वरमा साथ दिएका छन् । रोमान्टिक शैलीमा तयार पारिएको गीतमा गायक सबरीको संगीत तथा केआर वाहीको शब्द रचना रहेको छ ।

राजीव एस. रुयाले निर्देशन गरेका गीतको भिडियोमा गायिका स्मितासँगै भारतीय टेलिभिजन कलाकार अर्जुन बिज्लानीको अभिनय छ । भिडियोमा उनीहरुको एकअर्काप्रति प्रेम, आशक्ति तथा समर्पणलाई देखाइएको छ । भिडियोलाई पुनम यादवले निर्माण गरेकी हुन् । उनी नेपाली हुन् । भिडियो भारतको देहरादूनको मसुरी र उत्तराखण्डको ऋषिकेशमा छायांकन गरिएको हो । जेस्टिन क्रियटिभ स्पार्कको ब्यानरमा बनेको भिडियोको कार्यकारी निर्मातामा सुप्रिया पुल पन्डियन हुन् ।

गीतको अडियो र भिडियो निकै राम्रो भएकाले दर्शकलाई मनपर्ने उनको विश्वास छ । उनले अब नेपाली गीत पनि निर्माण गर्ने सोचमा रहेको सुनाइन् । नेपालको राजनीतिमा समेत सक्रिय रहेकी यादवले भनिन्, ‘नेपालका प्रतिभावान कलाकारलाई विश्वमाझ चिनाउनका लागि म मनोरञ्जन क्षेत्रमा आएको हुँ । मैले पहिलो गीत नै हिन्दी बनाउनुको उद्देश्य पनि यही हो । अब म निरन्तर गीत निर्माण गर्नेछु र नेपाली कलाकारलाई अवसर दिनेछु ।’ उनले चाँडै नै नेपाली चलचित्र निर्माण गर्ने तयारीमा जुटेको बताइन् । यादवले मधेशी समुदायका महिलालाई ऊर्जा र हौसला दिन पनि आफू मनोरञ्जन क्षेत्रमा आएको जिकिर गरिन् । उनले भनिन्, ‘मधेशी समुदायका महिला अझैपछि परेका छन् । आफूभित्रको प्रतिभालाई बाहिर ल्याउन सकेका छैनन् । अब उनीहरु पनि अगाडि आउनुपर्छ भनेर हौसला दिनका लागि पनि मैले गीत निर्माण गरेको हुँ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend