Logo २०८२ फाल्गुन १९ मंगलबार
पहिराबाट घर पुरिँदा दुईको मृत्यु

पहिराबाट घर पुरिँदा दुईको मृत्यु


Epress Khabar प्रकाशित मिति : सोमबार, भाद्र २१ २०७८
568
SHARES

रोल्पामा पहिराबाट घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–१० धवाङको बाम्लामा गए राति पूर्णबहादुर थापाको घर पहिराबाट पुरिँदा ७० वर्षीया गौसरी थापा र पाँच वर्षीय हिमाल रोकाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीेले जानकारी दिनुभयो । पहिरामा परी ३५ वर्षीय मनबहादुर रोका र ३३ वर्षीय भीमकुमार रोका घाइते हुनुभएको छ ।

उक्त ठाउँमा वर्षाका कारण एउटा घरमा पूर्णरुपमा क्षति पुगेको छ । दुई घरमा सामान्य क्षति पुगेको सुवेदीले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयको टोली, सशस्त्र प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए ।

यसैगरी सुनिल स्मृति गाउँपालिका–४ सुलिचौरमा पार्किङ गरेर राखिएको रा १ ख २०६८ नं को सनलाइट बोर्डिङ स्कुलको बस फगाम खोलाले बगाएको छ । सो बस उक्त ठाउँमा मर्मतका लागि राखिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend