Logo २०८२ फाल्गुन १९ मंगलबार
हिमा गाउँपालिका कोरोनामुक्त भएपछि भौतिक रूपमै विद्यालय सञ्चालन

हिमा गाउँपालिका कोरोनामुक्त भएपछि भौतिक रूपमै विद्यालय सञ्चालन


Epress Khabar प्रकाशित मिति : सोमबार, भाद्र २१ २०७८
715
SHARES

जुम्ला, २१ भदौ- हिमा गाउँपालिकाले भौतिक रूपमै विद्यालयमा पठनपाठन सुरु गरेको छ । गाउँपालिकाले १५ भदौबाट सबै विद्यालय सञ्चालनमा ल्याएको हो ।

गाउँपालिकाको शिक्षा शाखा प्रमुख शंकर धितालले दुई क्षेत्रमा ८२ जनाको कोरोना परीक्षण गर्दा नतिजा नेगेटिभ आएको बताए । हिमा गाउँपालिका कोरोनारहित भएपछि कार्यपालिकाको बैठकको निर्णयअनुसार विद्यालय स्वास्थ्य मापदण्ड पालना गर्ने गरी खुलाइएको हो ।

जिल्ला प्रशासन कार्यालयले शिक्षा शाखा प्रमुखहरुको उपस्थितिमा विद्यालय सञ्चालन गर्ने आधारको विषयमा आयोजना गरेको बैठकमा विद्यालय सुरु गरिएको शाखा प्रमुख धितालले बताए ।

स्थानीय तहको निर्णयअनुसार १५ भदौबाट आफ्नो विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरी खुलाइएको कालिका माध्यमिक विद्यालयका शिक्षक खम्बा शाहीले बताए । यसैगरी, जिल्लाका स्थानीय तहका शिक्षा शाखा प्रमुखहरुले कोरोना महामारीबीचमा शिक्षा क्षेत्रमा भइरहेका गतिविधि र विद्यालय सञ्चालन गर्ने विषयबारे छलफल गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले शिक्षा शाखाले एक साताभित्र शिक्षा क्षेत्रको जोखिम प्रतिकार्य योजना ल्याउने निर्णय भएको दिइन् । उनका अनुसार यसअघि जिल्ला कोभिड व्यवस्थापन समितिले निर्णय गरे पनि शिक्षा शाखालाई जिम्मेवारी दिएर एक सातामा जोखिम कार्ययोजनासहितको प्रतिवेदन पेस गर्ने निर्देशन गरिएको हो ।

बैठकमा शिक्षा शाखा प्रमुखहरुले शिक्षा क्षेत्र धरापमा परिसकेकाले स्वास्थ्य क्षेत्रको मापदण्ड पालना गरेर विद्यालय खुलाउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले विद्यार्थीहरु मेला, पर्व र अन्य काममा जाने भएकाले त्यहाँभन्दा विद्यालयमै सुरक्षित हुनेमा सुझाव दिएका छन् ।

सरकारले स्मार्ट लकडाउन कार्यविधि २०७८ समेत बनाएको छ । स्वास्थ्यको मापदण्डअनुसार हरेक साता कोरोना परीक्षण गरेर एक सयजनामा परीक्षण गरेमा पाँचजनाभन्दा कममा पोजेटिभ आएमा मात्रै विद्यालय सुरु गर्न पाइने मापदण्ड रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डा. राजीव शाहले बताए । शिक्षा समन्वय एकाइ प्रमुख मकरबहादुर भण्डारीले खोप लगाउन छुटेका शिक्षकहरूलाई अनिवार्य खोप लगाउने व्यवस्था गर्न अनुरोध गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend