Logo २०८२ फाल्गुन २१ बिहिबार
गगन र विश्वप्रकाशलाई प्रदिप पौडेलले पनि दिने भए टक्कर, तीनै नेताले महामन्त्रीमा उम्मेद्धवारी दिने

गगन र विश्वप्रकाशलाई प्रदिप पौडेलले पनि दिने भए टक्कर, तीनै नेताले महामन्त्रीमा उम्मेद्धवारी दिने


Epress Khabar प्रकाशित मिति : सोमबार, भाद्र २१ २०७८
575
SHARES

काठमाडौं, २१ भदौ – नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा युवा नेता प्रदीप पौडेलले पनि महामन्त्री पदमा उम्मेदवारी दिने भएका छन् । कृष्णप्रसाद सिटौला समूहबाट उनले महामन्त्रीमा उम्मेदवारी दिन लागेका हुन् । ‘महामन्त्रीमा उम्मेदवारी दिने निश्चित छ, वडा अधिवेशन सकिएपछि उम्मेदवारी घोषणा गर्छु’, पौडेलले भने ।

१३औँ महाधिवेशनमा पनि सिटौला समूहमा रहेका पौडेल १४औँ महाधिवेशनमा पनि उनैलाई साथ दिने भएका हुन् । १३औँ महाधिवेशनमा सिटौला समूहबाट महामन्त्रीको उम्मेदवार बनेका गगन थापा अहिले रामचन्द्र पौडेल समूहमा गएका छन् ।

पौडेल समूहबाट उम्मेदवारी घोषणा भइसकेको छैन । तर, सो समूहमा रहेका थापाले महामन्त्रीमा उठ्ने घोषणा गरिसकेका छन् । आगामी २४ भदौमा कांग्रेस प्रवक्तासमेत रहेका विश्वप्रकाश शर्माले पनि महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् । उनले संस्थापन समूहबाट महामन्त्रीमा उम्मेदवारी दिन लागेका हुन् । आगामी ९–१३ मंसिरमा कांग्रेसको १४औँ महाधिवेशन हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend