Logo २०८२ फाल्गुन १९ मंगलबार
फाइजर खोप लगाउनेको एन्टिबडी ८० प्रतिशत घट्यो

फाइजर खोप लगाउनेको एन्टिबडी ८० प्रतिशत घट्यो


Epress Khabar प्रकाशित मिति : सोमबार, भाद्र २१ २०७८
932
SHARES

अमेरिका – कोभिडबिरुद्ध लगाइने खोप फाइजरले तयार गर्ने एन्टिबडी ६ महिनापछि ८० प्रतिशतले गिरावट आएको एक पछिल्लो अध्ययनले देखाएको छ । अमेरिकाको नर्सिङ होम र उनीहरुका केयरगिभरमा गरिएको सो अध्ययनले एन्टिबडीको मात्रा घटेको देखाएको हो ।

अमेरिकाको केस वेस्टन रिर्जभ युनिर्भसिटी र ब्राउन युनिर्भसिटीका अनुसन्धानकर्ताले गरेको संयुक्त अध्ययनमा नर्सिङ होमका एक सय २० जना बृद्धबृद्धा र उनीहरुका ९२ जना केयर गिभरको रगत परीक्षणका लागि लिइएको थियो । कोभिडबिरुद्ध शरिरको प्रतिरक्षा मापन गर्न अनुसन्धानकर्ताहरुले विशेषगरी ह्युमोरल इम्युनिटीलाई हेरेका थिए । खोप लगाएको ६ महिनापछि एन्टिबडी तह क्रमिक रुपमा घटेको अध्ययनमा देखिएको थियो ।

यसअघि सोही समूहले गरेको अनुसन्धानमा दोस्रो खोप लगाएको दुई सातापछि बृद्धबृद्धाको एन्डिबडी तह युवाहरुको तुलनामा हवात्तै तल झरेको पाइएको थियो ।

खोप लगाएको ६ महिनापछि नर्सिङ होममा बस्नेमध्ये ७० प्रतिशतको रगतमा कोरोनाभाइरस संक्रमणलाई तटस्थ बनाउने क्षमता एकदमै कमजोर देखिएको प्रयोगशालामा गरिएको परिक्षणमा देखिएको केस वेस्टन रिर्जभ युनिर्भसिटीका प्राध्यापक डेभिड क्यान्डेले बताए ।

रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकोले बृद्धबृद्धालाई बुस्टर डोज आवश्यक पर्ने भन्ने अमेरिकी रोग नियन्त्रण केन्द्रको भनाईलाई आफ्नो अध्ययनले समर्थन गरेको समेत उनले बताए । डेल्टा भेरिअन्ट फैलिएसँगै बुस्टर डोज आवश्यक भएको उनको भनाइ थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend