Logo २०८२ फाल्गुन २१ बिहिबार
नेपालमा आज १,८९७ जना कोरोनाका बिरामी थपिए, २० जनाको मृत्यु

नेपालमा आज १,८९७ जना कोरोनाका बिरामी थपिए, २० जनाको मृत्यु


Epress Khabar प्रकाशित मिति : सोमबार, भाद्र २१ २०७८
708
SHARES

काठमाडौं । नेपालमा आज थप १,८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ७४३ जना निको भएका छन् ।

आज ११ हजार ६ सय ९ पीसीआर परीक्षण गर्दा १ हजार ४८८ जना र ४ हजार ३७० एन्टिजेन परीक्षण गर्दा ४ सय ९ गरी १ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज कोरोनाबाट २० जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३० हजार ९७३ जना सक्रिय संक्रमित रहेका छन् ।

कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित छन् भने १० हजार ८५८ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म आईसीयूमा ५१२ जना, भेन्टिलेटरमा १६३ जना, होम आइसोलेशनमा २८,९११ जना, संस्थागत आइसोलेशनमा २०६२ र क्वारेन्टाइनमा २६० जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend