Logo २०८२ फाल्गुन १९ मंगलबार
काठमाडौंमा फेरि सुरु भयो वर्षा

काठमाडौंमा फेरि सुरु भयो वर्षा


Epress Khabar प्रकाशित मिति : सोमबार, भाद्र २१ २०७८
841
SHARES

काठमाडौं । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा फेरि वर्षा सुरु भएको छ । आइतबार राति काठमाडौं उपत्यकामा भारी वर्षा भएको थियो । सोमबार दिउँसो काठमाडौंको मौसम सफा रहे पनि राति ९ बजेबाट पुन: वर्षा हुन थालेको छ ।

उत्तर पश्चिमी बंगालको खांडीमा अवस्थित न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त वायु प्रवेश भएसँगै मनसुनी गतिविधि बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम मंगलबारसम्म प्रतिकूल रहने महाशाखाको पूर्वानुमान छ । आज राति वाग्मती प्रदेशका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend