Logo २०८२ फाल्गुन १९ मंगलबार
वर्षापीडितलाई नेपाली सेनाले गर्‍यो सहयोग

वर्षापीडितलाई नेपाली सेनाले गर्‍यो सहयोग


Epress Khabar प्रकाशित मिति : मंगलबार, भाद्र २२ २०७८
932
SHARES

काठमाडौं- सोमबार राति परेको अविरल वर्षाका कारण बाग्मती, विष्णुमती तथा मनोहरा नदी र खोला किनारहरूमा पानीको बहाव उच्च हुन गई किनारहरूमा रहेका बस्तीहरू डुबानमा परी प्रभावित भएकाहरूलाई नेपाली सेनाले सहयोग गरेको छ ।

काठमाण्डौं महानगरपालिका- १० स्थित थापाथलीको प्रस्तुति गृह नजिक बाग्मती किनारमा रहेका सुकुम्बासी बस्तीहरूमा पानीको सतह बढेपछि प्रभावित घरहरूमा रहेका महत्त्वपूर्ण सामानहरू सुरक्षित स्थानमा स्थानान्तरण गर्न सेनाले सहयोग गरेको थियो भने काठमाण्डौं महानगरपालिका- २० रामघाट इलाका तथा परोपकार पुल इलाकास्थित विष्णुमती नदीको किनारमा रहेका बासिन्दाहरूको घरमा पानी छिरेकाले स्थानीयहरूलाई आवश्यक सहयोग गरेको साथै परोपकार पुल इलाकामा जम्मा भएको फोहोरका कारण पानीको बहाव अवरोध भएकामा फोहोर हटाई बहाव सामान्य बनाएको नेपाली सेनाले जनाएकाे छ ।

काठमाडौं महानगरपालिका- १० त्रिपुरेश्वरदेखि कालिमाटी इलाकासम्म बाग्मती नदीको किनारमा पानीको बहाव उच्च भएकाले स्थानीयहरूलाई आवश्यक सहयोग गरेको छ भने भक्तपुर जिल्ला, मध्यपुर ठिमी नगरपालिका- १ लोकन्थलीस्थित सुकुम्बासी बस्ती तथा दिव्यश्वरी प्लानिङ क्षेत्रका डुबानमा परेका बस्तीहरूका प्रभावितहरूलाई आवश्यक सहयोग गरेको सेनाले जनाएको छ ।

उता, तारकेश्वर नगरपालिका- ११, नेपालटार हाइटस्थित स्वास्थ्य चौकी भवनमा अविरल वर्षापश्चात पहिरो गएको हुँदा संभावित थप पहिरोको अस्थायी रोकथाम गरेको तथा सोही वडाको नेपालटारस्थित स्थानीयबासीको घरमा पानी पसेको हुँदा पानी हटाउने कार्यमा सहयोग गरेको विज्ञप्ति जारी गरी नेपाली सेनाले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend