Logo २०८२ फाल्गुन २१ बिहिबार
एट्लीको चलचित्रमा साहरुख र नयनतारा

एट्लीको चलचित्रमा साहरुख र नयनतारा


Epress Khabar प्रकाशित मिति : मंगलबार, भाद्र २२ २०७८
2K
SHARES

मुम्बई । बलिउड अभिनेता शाहरुख खानले दक्षिण भारतीय निर्देशक एट्ली कुमारले निर्देशन गरिरहेको चलचित्र ‘जवान’ मा काम गर्दैछन् । पुनेको मेट्रो रेलवे स्टेसनबाट छायांकन सुरु गरिएको उक्त चलचित्रमा शाहरुखसँगै दक्षिण भारतीय अभिनेत्री नयनताराको मुख्य भूमिका रहेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो चलचित्रको छायांकन शनिबारबाट पुनेको मेट्रो रेलवे स्टेसनबाट सुरु गरिएको छ । पुनेमा १० दिन छायांकन गरेपछि चलचित्रको टिमले मुम्बईमा काम गर्ने जनाइएको छ ।

चलचित्रमा अभिनेत्री नयनताराले अभिनेता शाहरुखसँग रोमान्स गर्नेछन् । साथै उक्त चलचित्रमा अर्की अभिनेत्री प्रियामणीको समेत पनि अभिनय रहने निर्माण पक्षले जनाएको छ । यस्तै, दक्षिण भारतीय निर्देशक र अभिनेत्री राखेर शाहरुखले यो चलचित्रलाई विभिन्न भाषामा रिलिज गर्ने तयारीसमेत गरिरहेका छन् । करिब आधा वर्ष लगाएर खिचिने यो चलचित्रको बजेट समेत उच्च रहेको जनाइएको छ ।सौर्य दैनिकमा खबर छ ।

यो चलचित्रमा शाहरुख दोहोरो भूमिकामा रहने निर्माण पक्षले जनाएको छ । सैनिक पृष्ठभूमिका केन्द्रित रही निर्माण गरिने भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । शनिबार चलचित्रको छायांकन सुरु भएसँगै शाहरुखको तस्बिर पनि सामाजिक सञ्जालमार्फत बाहिरिएको छ । जसमा शाहरुख एक्सन दृश्यमा काम गर्ने तयारीमा रहेको देख्न सकिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend