Logo २०८२ फाल्गुन १९ मंगलबार
१८ वर्षपछि ठूलो वर्षा : छ जनाको मृत्यु, ३८५ घरटहरा डुबानमा

१८ वर्षपछि ठूलो वर्षा : छ जनाको मृत्यु, ३८५ घरटहरा डुबानमा


Epress Khabar प्रकाशित मिति : मंगलबार, भाद्र २२ २०७८
1.3K
SHARES

काठमाडौँ । मनसुन फेरि सक्रिय हुँदा आइतबार राति काठमाडौँ उपत्यकामा १८ वर्षपछि अति ठूलो वर्षा भएको छ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वर्षा मापन स्टेसनमा रेकर्ड भएअनुसार राति १२१.५ मिलिमिटर वर्षा भएको हो ।

१८ वर्षअघि सन् २००२ जुलाई २३ मा काठमाडौँमा १७७ मिलिमिटर वर्षा भएको थियो । त्यसअघि सन् १९८७ मा १२४.४ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागस्थित जलवायु विश्लेषण शाखाका प्रमुख इन्दिरा कँडेलले जानकारी दिनुभयो ।

पछिल्ला वर्षहरूमा बढीमा ११५ मिलिमिटरसम्मको भारी वर्षा काठमाडौँमा रेकर्ड भएको पाइएको छ । काठमाडौँमा मनसुनी वायुको प्रभावसँगै स्थानीय वायुको चाप पनि बढेपछि ठूलो वर्षा भएको मौसमविद् कँडेल सुनाउनुहुन्छ । उहाँले दिनभर चर्को घाम लाग्दा जमिन तातिएपछि बनेको स्थानीय बादल मनसुनी वायुमा मिसिन पुगेको जानकारी दिनुभयो ।

आइतबार राति बागमती र गण्डकी प्रदेशका धेरै जिल्लामा भारी वर्षा भएको छ । त्यसअनुसार सिन्धुलीको हरिहरपुरमा १३४ मिलिमिटर, बाँकेमा १३३ मिलिमिटर, भक्तपुरको नगरकोटमा १२२ मिलिमिटर, सिन्धुपाल्चोकको धापमा ११४.४ मिलिमिटर र प्युठानको स्याउलीमा १११.८ र चितवनको चरतरेमा १०९.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend