Logo २०८२ फाल्गुन १९ मंगलबार
यम बराल र प्रविशा अधिकारीको गीतमा जोर्डन र बेनिशा

यम बराल र प्रविशा अधिकारीको गीतमा जोर्डन र बेनिशा


Epress Khabar प्रकाशित मिति : मंगलबार, भाद्र २२ २०७८
2.1K
SHARES

काठमाडौं– लोकप्रिय गायक यम बराल आफ्नो नयाँ गीतमार्फत दर्शक तथा श्रोतामाझ आएका छन् । गायक बरालद्वारा गायिका प्रविशा अधिकारीसँग युगल गायन गरिएको ‘अझ वर वर आउ’ शीर्षकको रोमान्टिक गीत ओएसआर डिजिटलको यूट्यूब च्यानलबाट सार्वजनिक भएको छ ।

उक्त गीतलाई गायक यम बरालले नै संगीतबद्ध गरेका हुन् भने शब्दहरु उज्वलराज भट्टराईले रचना गरेका हुन् । बलराम समाल उक्त गीतका संगीत संयोजक हुन् ।

विक्रम कार्कीले गीतलाई मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।सोनम पाख्रिनद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा अभिनेत्री बेनिषा हमाल तथा मोडल जोडर्न राजभण्डारीले अभिनय गरेका छन् ।

नगरकोटको आकर्षक लोकेशनमा छायांकन गरिएको यो भिडियोमा अभिनेत्री हमाल र मोडेल राजभण्डारीको जोडी आकर्षक देखिएको छ ।अभिनेत्री हमाल लामो समयपछि नयाँ म्युजिक भिडियोमा देखिएकी हुन् ।

सुरेन्द्र बसेलद्वारा कोरियोग्राफी गरिएको भिडियोलाई बुद्ध थापा तथा उनको टिमले छायांकन गरेको हो ।विकास दाहाल यसका सम्पादक हुन् ।भूमिका देवान राईले यो भिडियो निर्माण गरेकी हुन् ।यस्तो छ उक्त गीतको भिडियो

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend