Logo २०८२ फाल्गुन २१ बिहिबार
रेल नगुड्दै ५५ करोड खर्च

रेल नगुड्दै ५५ करोड खर्च


Epress Khabar प्रकाशित मिति : मंगलबार, भाद्र २२ २०७८
799
SHARES

जनकपुर । भारत सरकारले करिब ९ अर्ब रुपैयाँ खर्चेर जयनगर–बर्दिवास ७२ किलोमिटर ब्रोडगेज रेलवे लिक तयार पार्दै छ । रेलमार्गको ७२ मध्ये जयनगर–कुर्था ३६ किलोमिटर लामो ब्रोडगेज तयार भएको तीन वर्ष पुग्यो । बाँकी खण्डमा लिक निर्माण भइरहेको छ ।

लिकमा गुडाउन ८६ करोड रुपैयाँमा नेपाल सरकारले दुई सेट डेमो रेल खरिद गरेको एक वर्ष नाघ्यो तर रेल सेवा कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने आमप्रश्न छ, जसको जवाफ नेपाल रेलवे कम्पनी लिमिटेडका नवनियुक्त महाप्रबन्धक नीराजन झासित पनि छैन । दुई साताअघि महाप्रबन्धक बनेका झा जनकपुरमै बसेर रेल सञ्चालनमा नआउनुका कारण खोतल्दै छन् । उनले दुई कारणले रेल सेवा सञ्चालनमा ढिलाइ भइरहेको बताए ।आजको कान्तिपुर दैनिकबाट

पहिलो, रेलवेसम्बन्धी कानुन नहुनु, दोस्रोचाहिँ प्राविधिक कर्मचारीको समस्या । यी दुवै अप्ठ्यारा टार्ने सामर्थ्य रेलवे कम्पनीसँग छैन । ‘संसद् खुलेपछि रेलवेसम्बन्धी जारी अध्यादेश पास गराउन हामीले पहल गरिरहेका छौं,’ उनले कान्तिपुरसँग भने, ‘प्राविधिक जनशक्तिसम्बन्धी भारतीय कम्पनीसँग गरिएको सम्झौता पैसा नतिरेकै कारण रद्द हुने अवस्थामा पुगेको छ । यसले रेल सेवा छिट्टै सञ्चालनमा आउने सम्भावना पनि पर टरेको छ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend