Logo २०८२ फाल्गुन २१ बिहिबार
पिएनजीविरुद्ध नेपाल : डेब्यू खेलमै विक्रमले लिए दोस्रो विकेट

पिएनजीविरुद्ध नेपाल : डेब्यू खेलमै विक्रमले लिए दोस्रो विकेट


Epress Khabar प्रकाशित मिति : मंगलबार, भाद्र २२ २०७८
477
SHARES

काठमाडौं, २२ भदौ -पपुवा न्युगिनी (पिएनजी) विरुद्ध नेपालले दोस्रो विकेट लिएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालबाट डेब्यू गरिरहेका तीव्र गतिका बलर विक्रम सोबले लगातार दुई विकेट लिएका छन् । नेपालको लागि सुरुवाती दुवै विकेट डेब्यू खेलाडी विक्रमले लिएका हुन् ।

विक्रमले दोस्रो विकेट चौथो ओभरको अन्तिम बलमा लिए । दोस्रो विकेट लिने क्रममा विक्रमले पिएजनीका कप्तान असाद भालालाई आरिफ शेखको हातबाट क्याच आउट गराए । यसअघि पहिलो बलमै विक्रमले पिएनजीका ओपर ब्याटस्म्यान टोनी उरालाई आउट गराए ।

नेपालले टस हारेर फिल्डिङ गरिरहेको छ । चोथो ओभर समाप्त हुँदा पिएनजीले २ विकेट गुमाएर ९ रन जोडेको छ । पिएनजीविरुद्ध ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलसँगै तीव्र गतिका बलर विक्रम सोबले सिनियर टोलीका लागि डेब्यू गरेका छन् । नेपाली टोलीमा दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, करण केसीलाई आराम दिएको छ ।

दुई खेलको शृंखलामा दोस्रो खेल शुक्रबार हुनेछ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले पीएनजीसँग खेलेको हो । नेपालले त्रिदेशीय शृंखला २८ भदौमा अमेरिका, २९ भदौमा ओमान, १ असोजमा अमेरिका र २ असोजमा ओमानसँग खेल्नेछ ।

नेपालको टोली : ज्ञानेन्द्र मल्ल(कप्तान) कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), आरिफ शेख, शरद भेषावकर, रोहित कुमार पौडेल, कुशल मल्ल, सोमपाल कामी, पवन सरार्फ, विक्रम सोब र सन्दीप लामिछाने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend