Logo २०८२ फाल्गुन १९ मंगलबार
नेप्सेको सुधार टिकेन, ४४ दशमलव १८ अंकको गिरावट

नेप्सेको सुधार टिकेन, ४४ दशमलव १८ अंकको गिरावट


Epress Khabar प्रकाशित मिति : मंगलबार, भाद्र २२ २०७८
1.8K
SHARES

काठमाडौं, २२ भदौ – साताको तेस्रो दिन म‌ंगलबार सेयर बजारमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज बजार ४४ दशमलव १८ अंकले घटेर बन्द भएको हो ।

सोमबार बजार १६१.९४ अंकले उकालो लागेको थियो । नेप्सेकाअनुसार २२४ कम्पनीका १ करोड ५० लाख ८२ हजार कित्ता सेयर किनबेच हुँदा सात अर्ब ४९ करोड ५८ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज दुई समूहको सूचकबाहेक बाँकी समूह ओरालो लागेको छ । सबैभन्दा धेरै होटल एण्ड टुरिजम समूहको सेयर मूल्य ओरालो लागेको छ । समूहको सेयर मूल्य आज २.९९ प्रतिशतले घटेको छ ।

यस्तै, सबैभन्दा धेरै कमाउनेमा सानीमा लाइफ इन्स्योरेन्सका लगानीकर्ता रहेका छन् । कम्पनी १० प्रतिशतले फाइदामा गएको छ । त्यस्तै, आज सबैभन्दा बढी घाटा व्यहोर्नेमा आरएमडीसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend