Logo २०८२ फाल्गुन २१ बिहिबार
सम्मेलन सकिएको १० दिनपछि वाईसिएलले छान्यो संयोजक र सहसंयोजक

सम्मेलन सकिएको १० दिनपछि वाईसिएलले छान्यो संयोजक र सहसंयोजक


Epress Khabar प्रकाशित मिति : मंगलबार, भाद्र २२ २०७८
757
SHARES

काठमाडौं, २२ भदौ – राष्ट्रिय सम्मेलन सकिएको १० दिनपछि माओवादी केन्द्रको भ्रातृसंगठन योङ कम्युनिस्ट लिग (वाईसिएल) ले संयोजक र सहसंयोजक चयन गरेको छ ।

वाईसिएलको संयोजकमा सुमन देवकोटा र सहसंयोजकमा सुबोध सेर्पाली चयन भएका छन् ।

हालै सम्पन्न वाईसिएलको राष्ट्रिय सम्मेलन नेतृत्व चयन नै नगरी सम्पन्न भएको थियो । वाईसिएलको संयोजक र सहसंयोजक चयन गर्ने अधिकार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको थियो । वाईसिएलको दुई दिने राष्ट्रिय सम्मेलन १२ भदौमा उद्घाटन भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend