Logo २०८२ फाल्गुन १९ मंगलबार
आजबाट संसद् अधिवेशन, यस्तो छ सम्भावित कार्यसूची

आजबाट संसद् अधिवेशन, यस्तो छ सम्भावित कार्यसूची


Epress Khabar प्रकाशित मिति : बुधबार, भाद्र २३ २०७८
1.1K
SHARES

काठमाडौं, २३ भदौ – संघीय संसदका दुवै सदनको अधिवेशन आज बुधबार अपराह्न ४ बजेका लागि आह्वान गरिएको छ । १९ भदौको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गरेकी हुन् ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार प्रतिनिधि सभाकाको पहिलो बैठकमा बजेटसहितका १३ अध्यादेश स्वीकृतिका लागि पेस गरिने छ ।

जसमा दल विभाजनसम्बन्धी अध्यादेश, शपथसम्बन्धी अध्यादेश, रेल्वे अध्यादेश, औषधिसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थलाई नियमन गर्नेसम्बन्धी अध्यादेश, नागरिकता अध्यादेश, यौन हिंसाविरुद्धका केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश, विनियोजन अध्यादेश रहेका छन् ।

प्रतिनिधिसभाको बैठकबाट स्वीकृत भएमा सरकारले अध्यादेश प्रतिस्थापन विधेयक ल्याइनुपर्ने छ । यसअघिको अधिवेशन ३ साउनमा सुरु भएको थियो भने सोही३२ गते अन्त्य भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend