Logo २०८२ फाल्गुन १९ मंगलबार
रोनाल्डो विना नै पोर्चुगलको सहज जित

रोनाल्डो विना नै पोर्चुगलको सहज जित


Epress Khabar प्रकाशित मिति : बुधबार, भाद्र २३ २०७८
1K
SHARES

काठमाडौं, २३ भदौ – कतार विश्वकप छनोट अन्तर्गत युरोपियन छनोट खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो विना नै पोर्चुगलले सहज जित निकालेको छ । मंगलबार राति अजरबैजानको बकी ओलम्पिया मैदानमा भएको खेलमा पोर्चुगलले अजरबैजानलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

समूह ‘ए’ अन्तर्गत भएको खेलमा पोर्चुगलको जितमा बर्नान्डो सिल्भा, एन्द्रे सिल्भा र डियगो जोटाले १-१ गोल गरे ।रोनाल्डो विना नै मैदान प्रवेश गरेकाे पोर्चुगलले पहिलो हाफमा २ गोल गर्दा दोस्रो हाफमा थप १ गोल गरेकाे हाे ।

साेही समूहको अर्को खेलमा आयरल्यान्ड र सर्बियाले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

शीर्ष स्थानमा रहेको पोर्चुगलले जितसँगै समूह ‘ए’मा पाँच खेलबाट १३ अंक बनाएको छ । समान खेलबाट सर्बिया ११ अंकसहित दोस्रो स्थानमा छ । समान खेलबाट २ र १ अंक बनाएका आयरल्यान्ड र अजरबैजान क्रमश: तालिकाको चौथो र पाँचौ स्थानमा छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend