Logo २०८२ फाल्गुन १९ मंगलबार
संघीय संसद बैठकमा एमालले सभामुखलाई अप्ठ्यारो पार्न सक्ने

संघीय संसद बैठकमा एमालले सभामुखलाई अप्ठ्यारो पार्न सक्ने


Epress Khabar प्रकाशित मिति : बुधबार, भाद्र २३ २०७८
1K
SHARES

काठमाडौं, २३ भदौ – संघीय संसदका दुबै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक बुधबार आजबाट सुरु हुँदैछ ।

मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ बजेका लागि बैठक आह्वान गरेपछि दुबै सदन आजबाट सुरु हुन लागेको हो ।

सरकारले नागरिकता विद्येयक, संघीय निजामती विधेयक, राजनीतिक दलसम्बन्धी अध्यादेशलगायत अन्य अध्यादेशलाई संसदमा पेश गर्ने सम्भावित कार्यसूचीमा राखेकाे छ ।

गत ३२ साउनमा संसद स्थगित गरेर राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको सरकारले एमाले र जनता समाजवादी पार्टी विभाजनको लागि ढोका खुल्ला गरिदिएको थियो ।

गत मंगलबारसम्म स्थानीय, प्रदेश र संघीय संसदलाई दल रोज्न छुट दिइएको प्रति मुख्यतः प्रमुख प्रतिपक्ष दल एमालेले आपत्ति जनाउँदै आएको छ । सभामुख अग्निप्रसाद सापकोटाले एमालेले निस्काशनका लागि कारबाही सिफारिस गरेका सांसद्को सनाखत नगरिदिएको प्रति आपत्ति जनाउँदै आएको छ । जसकाकारण, सहज ढंगले संसद अधिवेशन सूचारु होला भन्ने आशंका कायमै छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend