Logo २०८२ फाल्गुन १९ मंगलबार
संसदमा सिट : एकीकृत समाजवादी सत्ता र लोसपा प्रतिपक्षको कुर्सीमा

संसदमा सिट : एकीकृत समाजवादी सत्ता र लोसपा प्रतिपक्षको कुर्सीमा


Epress Khabar प्रकाशित मिति : बुधबार, भाद्र २३ २०७८
1.3K
SHARES

काठमाडौं, २३ भदौ – राजनीतिक दलसबन्धी अध्यादेशबाट विभाजनमा पुगेका राजनीतिक दलहरू संघीय संसदको बैठकमा फरक-फरक कुर्सीमा बस्ने भएका छन् । दुबै सदनको अधिवेशन आज अपराह्नबाट सुरु हुँदैछ ।

एमालेबाट विभाजन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सत्ता पक्षको कुर्सीमा बस्नेछ भने जनता समाजवादी पार्टीबाट अलग भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रतिपक्षको कुर्सीमा बस्नेछ ।

संसद सचिवालयमा दुबै पार्टीले संघीय संसद बैठक कक्षभित्र बस्ने कुर्सीका बारेमा माग गरे बमोजिम उक्त व्यवस्थापन गरेको प्रवक्ता रोजनाथ पाण्डेले बताए । ‘एकीकृत समाजवादीले सत्तापक्षमा र लोसपाले प्रतिपक्षको कुर्सीमा बस्ने भनेर माग सचिवालयमा जानकारी गराउनु भएको थियो,’ प्रवक्ता पाण्डेले न्युज कारखानासँग भने, ‘सोही बमोजिम एकीकृत समाजवादीलाई सत्तापक्ष र लोसपालाई प्रतिपक्षको स्थानमा कुर्सी व्यवस्थापन गरिदिएका छौं ।’

लोसपाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिए पनि संघीय संसदको संरचनामा भने प्रतिपक्षमा बस्ने जानकारी सचिवालयलाई गराएपछि उक्त व्यवस्थापन गरिएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend