Logo २०८२ फाल्गुन १९ मंगलबार
ह्याट्रिकमा नेदरल्यान्ड र नर्वेको सहज जित

ह्याट्रिकमा नेदरल्यान्ड र नर्वेको सहज जित


Epress Khabar प्रकाशित मिति : बुधबार, भाद्र २३ २०७८
1.6K
SHARES

काठमाडौं, २३ भदौ – कतार फिफा विश्वकप छनोट अन्तर्गत युरोपेली छनोट खेलमा स्ट्राइकर मेम्फिस डिपाए र यर्लिङ हालाण्डको ह्याट्रिकमा नेदरल्यान्ड र नर्वेले सहज जित निकालेका छन् ।

मंगलबार राति भएको समूह ‘जि’को छुट्टाछुट्टै खेलमा घरेलु मैदानमा नेदरल्यान्डले टर्कीलाई ६-० गोल अन्तरले पराजित गरेकाे हाे ।

एक पक्षीय खेलमा नेदरल्यान्डलाई जित दिलाउन बार्सिलोनाका स्ट्राइकर डिपाएले खेलको १६, ३८ र ५४औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । डिपाएले एक पेनाल्टी गोल गरेका थिए ।

यस्तै, नेदरल्यान्डका लागि डाभि क्लासिन, गुस टिल र डनयेल मलेनले एक/एक गोल गरे ।

समूह ‘जि’कै अर्को खेलमा यर्लिङ हालान्ड प्रेरित नर्वेले गिब्रार्टारलाई ५-१ गोल अन्तरले पराजित गरेकाे छ । घरेलु मैदानमा नर्वेलाई जित दिलाउन स्ट्राइकर हालाण्डले ह्याट्रिक पूरा गरे । उच्च लयमा रहेका हालान्डले खेलको २७, ३९ र ९०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । क्रिष्टियन थोरोस्भेत र एलेक्जाण्डर सोरलोथले १/१ गोल गरेका थिए ।

जितसँग समूह ‘जि’मा नेदरल्यान्ड र नर्वेको समान ६ खेलबाट १३ अंक छ । गोल अन्तरका आधारमा नेदरल्यान्ड शीर्ष स्थानमा छ । समान ६ खेलबाट ११ अंक बनाएको टर्की तेस्रो स्थानमा छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend