Logo २०८२ फाल्गुन १९ मंगलबार
मेक्सिकोको सर्वोच्च अदालतले भन्यो, गर्भपतन अपराध होइन

मेक्सिकोको सर्वोच्च अदालतले भन्यो, गर्भपतन अपराध होइन


Epress Khabar प्रकाशित मिति : बुधबार, भाद्र २३ २०७८
1.5K
SHARES

एजेन्सी – मेक्सिकोको सर्वोच्च अदालतले गर्भपतन गरेकालाई अपराधीलाई जस्तै दण्ड दिनु गैरकानुनी हुने फैसला गरेको छ । अदालतको आदेशसँगै मेक्सिकोमा गर्भपतनले कानुनी मान्यता पाउने भएको छ । फैसलाअनुसार अब गर्भपतन गर्ने महिलाबिरुद्ध मुद्दा दायर गर्न पाइने छैन् ।

सर्वोच्च अदालतका न्यायधीश म्यारिअ अग्यिुलरले अदालतको फैसला महिलाको अधिकारका लागि एतिहासिक कदम भएको टिप्पणी गरेका छन् । मंगलबार अदालतले उत्तरी राज्य खोविलालाई गर्भपतनलाई अपराध नमान्न आदेश दिएको थियो ।

अदालतको पछिल्लो फैसलाले नयाँ नजिर स्थापना हुने विश्वास गरिएको छ । फैसलासँगै गर्भपतनका कारण जेल कोचिएका महिलाहरु अब तत्काल रिहा हुनेछन् । मेक्सिकोमा गर्भपतनलाई अबैद्य मानिदै आएको छ । त्यसमा पनि चार राज्यमा त यसलाई अपराध नै मानिन्छ । बलत्कार वा असुरक्षित गर्भका कारण आमाको जीवन खतरामा रहेको अवस्था बाहेक केही राज्यहरूमा भने गर्भपतनमा छुट छ ।

मेक्सिकोमा गर्भपतनको वकाल गर्दै आएको इनफरमेसन ग्रुप अन रिप्रोडक्टिभ चोइस (जीआइआरइ) ले अदालतको फैसलाको स्वागत गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend