Logo २०८२ फाल्गुन २१ बिहिबार
आज पनि देशका यि स्थानमा भारी वर्षा हुने, सर्तक हुन आग्रह

आज पनि देशका यि स्थानमा भारी वर्षा हुने, सर्तक हुन आग्रह


Epress Khabar प्रकाशित मिति : शनिबार, भाद्र १२ २०७८
547
SHARES

मनसुनी वायुका कारण नेपालमा केही दिन यता लगातार वर्षा भइरहेकाे छ । मनसुनको न्युन चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेकाले वर्षा भइरहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

शनिबार बिहान सातवटै प्रदेशका केही- केही स्थानमा वर्षा भइरहेको छ। शनिबार दिउँसो धेरै स्थानमा वर्षाको सम्भावना छ। प्रदेश १, २, बागमती र सुदूरपश्चिमका थोरै स्थानमा भारी/धेरै भारी र बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

राति प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

आइतबार प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारी/धेरै भारी वर्षाकाे आँकलन गरिएकाे छ। राति मुलुकका धेरै स्थानमा वर्षाको सम्भावना छ।

साेमबार दिउँसाे प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका प्रदेशका एक-दुई स्थानमा भारी/धेरै भारी सम्भावना छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend