Logo २०८२ फाल्गुन २१ बिहिबार
पछिल्लो २४ घण्टामा थपिए १८५७ संक्रमित, २७ जानको निधन

पछिल्लो २४ घण्टामा थपिए १८५७ संक्रमित, २७ जानको निधन


Epress Khabar प्रकाशित मिति : शनिबार, भाद्र १२ २०७८
498
SHARES

काठमाडौं, १२ भदौ – कोरोना भाइरसको संक्रमण आज एक हजार ८५७ जनामा देखिएको छ । विगत २४ घण्टामा १३ हजार १७६ जनाको परीक्षण गर्दा एक हजार ८५७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा जनाइएको छ ।

यस्तै ३६ हजार ८६६ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै आज संक्रमणबाट दुई हजार २२२ जना निको भई घर फर्किएका छन् । अहिलेसम्म नेपालमा सात लाख १० हजार ४५२ जना निको भई घर फर्किएका छन् । नेपालमा निको हुने दर ९३.७ प्रतिशत रहेको छ ।

यस्तै संक्रमणबाट २७ जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट १० हजार ६९० जना निधन भइसकेका छन् ।

सघन उपचार कक्ष (आइसियु)मा ६१५ जना, भेन्टिलेटरमा १७४ जना, होम आइसोलेसनमा ३३ हजार ८३५ जना, संस्थागत आइसोलेसनमा तीन हजार ३१ जना र क्यारेन्टाइनमा ३४६ जना रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend