Logo २०८२ फाल्गुन १९ मंगलबार
डाक्टरलाई मोसो दल्नेहरु नसमातिएपछि स्वास्थ्यकर्मीको आन्दोलन जारी, राप्ती प्रादेशिक अस्पतालमा तनाव

डाक्टरलाई मोसो दल्नेहरु नसमातिएपछि स्वास्थ्यकर्मीको आन्दोलन जारी, राप्ती प्रादेशिक अस्पतालमा तनाव


Epress Khabar प्रकाशित मिति : आइतबार, भाद्र १३ २०७८
512
SHARES

दाङ, १३ भदौ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा तनावग्रस्त भएको छ । राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विनोद सिंहलाई अनेरास्ववियु दाङ संयोजक लगायतले कालो मोसो दलेर अभद्र व्यवहार गरेपछि अस्पतालमा तनावग्रस्त भएको हो ।

त्यसको विरोधमा स्वास्थ्यकर्मीहरुले आकस्मिकबाहेकका अन्य सेवा ठप्प पारेर सडकमा विरोध र्‍याली गरेका छन । घटनापछि अस्पतालका चिकित्सक तथा कर्मचारीहरु दोषीलाई कारबाहीको मागसहित आन्दोलनमा उत्रिएका हुन् । चिकित्सकको आन्दोलनका कारण सेवा अवरुद्ध छ ।

अभद्र व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै डाक्टर, नर्स र स्वास्थ्यकर्मी सडकमा उत्रिएका हुन् । तुलसीपुर क्षेत्रमा कार्यरत झन्डै तीन सयभन्दा बढी डाक्टर, नर्स र स्वास्थ्यकर्मी काम छोडेर न्यायको माग गर्दै सडकमा उत्रिएका हुन् ।

अस्पतालमा कार्यरत डाक्टर नर्सहरुले ‘वी वान्ट जस्टिस्, डाक्टर, नर्स र स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नेहरू– मुर्दावाद’ लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।तुलसीपुरको बजार परिक्रमापछि राप्ती प्रादेशिक अस्पतालको प्राङ्गणमा पुगेर कोणसभा गरेका थिए।

मेसु सिंहमाथि गरिएको अभद्र व्यवहारले सबै स्वास्थ्यकर्मीको अपमान भएको बताएका थिए । अस्पतालभित्र सुरक्षा चुनौती थपिएको बताउँदै दोषीलाई कानुनी कारबाहीकोसमेत माग गरेका थिए । दोषीलाई कारबाही नहुँदासम्म अस्पतालमा काम गर्ने वातावरण नहुने अस्पताल सञ्चालन समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेले बताए ।

एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका जिल्ला संयोजक सर्जन परियार र सहसंयोजक दिवस क्षेत्रीको समूहले ११ भदौ दिउँसो साढे १ बजेतिर मेसु सिंहलाई कार्यकक्षमै प्रवेश गरी कालोमोसो दलेका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend