देउवा, प्रचण्ड र नेपालबीच सरकारलाई पूर्णता दिने विषयमा छलफल
काठमाडौं, १३ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एकीकृत समाजवादी० पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ उनीहरूबीच सरकारलाई पूर्णता दिनेबारे छलफल भएको स्रोतले बताएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको एक महिनाभन्दा बढी समय भए पनि पूर्णता पाउन सकेको छैन । नेपालको पार्टी नेकपा ९एकीकृत समाजवादी० निर्वाचन आयोगमा दर्ता भएपछि सरकार गठनबारे यी नेताहरूले छलफल गरेका हुन् । भोलि साँझसम्म सरकारलाई पूर्णता दिने तयारीमा शीर्ष नेताहरू रहेका बताइएको छ ।