Logo २०८२ फाल्गुन २१ बिहिबार
मेस्सीको डेब्यू खेलमा पिएसजीले राइम्सलाई खाता नै खोल्न नदिई हरायो

मेस्सीको डेब्यू खेलमा पिएसजीले राइम्सलाई खाता नै खोल्न नदिई हरायो


Epress Khabar प्रकाशित मिति : सोमबार, भाद्र १४ २०७८
561
SHARES

काठमाडाैं, १४ भदाै । अर्जेन्टिनी स्टार लियोनल मेस्सीको डेब्यु खेलमा फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जित निकालेको छ ।

आइतबार राति भएको खेलमा पिएसजीले राइम्सलाई २-० गोल अन्तरले पराजित गरेको हो । याे सिजनमा बार्सिलोनाबाट पिएसजी आएका मेस्सीले क्लबबाट डेब्यु गरेका हुन् । मेस्सीले वैकल्पिक खेलाडीको रुपमा ६६ औं मिनेटमा नेयमारको स्थानमा मैदान प्रवश गरेका हुन।

यसअघि मेस्सी कोपा अमेरिकाको उपाधि जितेपछि मैदान बाहिर रहँदै आएका थिए । मेस्सीको डेब्यु खेलमा पिएसजीलाई जित दिलाउन दुवै गोल केलियन एम्बाप्पेले गरेका थिए ।

खेलको १६ औं मिनेटमा एन्जल डी मारियाको पासलाई सदूपयोग गर्दै एम्बाप्पेले पिएसजीलाई अग्रता दिलाएका थिए । ६३ औँ मिनेटमा हाकिमीको पासमा एम्बाप्पले दोस्रो गोल गरेका थिए ।

जितसहित पिएसजीले चार खेलबाट १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । राइम्स ३ अंकसहित रेलिगेशन जोन नजिक छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend