Logo २०८२ फाल्गुन १९ मंगलबार
तालिवानद्वारा राष्ट्रपति कार्यालय ‘कब्जा’, इस्लामिक इमिरेट अफगानिस्तान घोषणाको तयारी

तालिवानद्वारा राष्ट्रपति कार्यालय ‘कब्जा’, इस्लामिक इमिरेट अफगानिस्तान घोषणाको तयारी


Epress Khabar प्रकाशित मिति : सोमबार, साउन ३२ २०७८
547
SHARES

काठमाडौँ । अफगानिस्तानमा विद्रोही तालिवानले राजधानी काबुलस्थित राष्ट्रपति कार्यालय कब्जा गरेको दाबी गरेको छ ।काबुलमा तालिवानको बढ्दो प्रभावका बिच आइतवार दिउँसो राष्ट्रपति असरफ घानीले देश छोडेका थिए । घानीले मित्र राष्ट्रमा शरण लिएपछि तालिवानले राष्ट्रपति कार्यालय नियन्त्रणमा लिएको हो । तालिवानले अफगानिस्तानलाई इस्लामिक इमिरेट घोषणा गर्ने तयारी पनि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

यद्यपि तालिवानले राष्ट्रपति कार्यालय कब्जा गरेको सरकारी अधिकारीहरुबाट पुष्टि हुन बाँकी छ ।तालिवानले काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा सैनिक उडान बाहेकका सबै उडान पनि रद्ध गरेको बीबीसीले जनाएको छ ।

साथै काबुलका ११ जिल्लालाई पूर्ण रुपमा नियन्त्रणमा लिएको तालिवानको दाबी छ । सुरक्षा सुनिश्चितताका लागि जिल्ला नियन्त्रणमा लिएको तालिवानका एक प्रवक्तालाई उल्लेख गर्दै बीबीसीले लेखेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend