Logo २०८२ फाल्गुन २१ बिहिबार
मन्त्रालयको भागबन्डा लगाउन आज गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

मन्त्रालयको भागबन्डा लगाउन आज गठबन्धनका शीर्ष नेताको बैठक बस्दै


Epress Khabar प्रकाशित मिति : मंगलबार, भाद्र १५ २०७८
505
SHARES

काठमाडाैं, १५ भदाै – सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तारका लागि अन्तिम कसरत थालेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको करिब दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा तीव्र आलोचना भइरहेका बेला गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्न लागेको हो ।

माओवादी केन्द्रका नेता गणेश साहका अनुसार मंगलबार बिहान ९ बजे शीर्ष नेताको बैठक बस्दैछ । मन्त्रालय बाँडफाँटको टुंगो पनि आजै लाग्ने उनले बताए ।

‘माधव नेपाल र जसपाको कानुनी र प्राविधिक प्रक्रिया सकिएको छ । आज बाँडफाँडसहित आन्तरिक रुपमा मन्त्री टुंगिएर मन्त्रिपरिषद विस्तार हुन्छ,’ उनले भने ।

एमाले विभाजन पश्चात नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका छन् । ‘माधवजीलाई अफ्ठेरो अवस्था छ । यसमा साथ सहयोगमा अरु पार्टीले लचकता देखाउनुपर्छ । माओवादी केन्द्रले लचकता देखाएर सहयोग गर्छ,’ उनले भने, ‘यो हाम्रो नैतिक जिम्मेवारी हो । सहकार्यको वातावरण बनाउँदैछौं । उहाँलाई अफ्ठेरो परेको सहयोग गर्छौं ।’

सोमबार माओवादी केन्द्रको बैठक बसेको थियाे । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारको तयारीबारे जानकारी गराएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend