Logo २०८२ फाल्गुन १९ मंगलबार
माधव समूहका सांसदहरूले चार दिनमा होटेल छाडे, बुधबार निर्वाचन आयोग जाने

माधव समूहका सांसदहरूले चार दिनमा होटेल छाडे, बुधबार निर्वाचन आयोग जाने


Epress Khabar प्रकाशित मिति : मंगलबार, भाद्र १५ २०७८
1.8K
SHARES

विराटनगर, १५ भदौ-नेकपा एकीकृत समाजवादीले सांसदलाई होटलमा राखेर बन्दक बनाएको अरोप लागेपछि (एस)मा खुलेका सांसदहरुले चार दिनमा होटल छाडेका छन् ।एमालेले एकीकृत समाजवादीले सांसद्हरुलाई होटलमा बन्धक बनाएको आरोप लगाउँदै आएको थियो । समाजवादीमा लागेका १० सासदहरुले सोमबार साँझदेखि होटल छाडेका हुन् । उनी गत शुक्रबारबाट विराटनगरको बिग होटेलमा बस्दै आएका थिए ।

होटल छाडेसँगै उनीहरुले विराटनगरनै छाडेका छन् । होटलमा बस्दा विभिन्न आरोप आएपछि होटल छाडेको नेकपा (एस)का केन्द्रीय सदस्यसमेत रहेका प्रदेश सांसद राजेन्द्र राईले जानकारी दिए ।

आफू इटहरीमा रहेको र केही अन्य केही सांसदहरु धरानतिर गएको राइले बताए । ‘भोलि प्रदेश निर्वाचन आयोगमा मात्रै सबैको भेट हुने हुन्छ । होटलमा बस्दा विभिन्न कुरा सुनेपछि हामीले होटल छाडेका हौँ’, राईले भने।

अहिलेसम्म प्रदेश सांसदहरू राजेन्द्रकुमार राई, खिनु लङ्बा, सावित्रीकुमारी रेग्मी, राजन राई, कृष्णकुमारी राई, गणेशकुमार काम्बाङ, सुनिताकुमारी चौधरी, सरिता थापा, उपेन्द्र घिमिरे र पदमकुमारी गुरुङ नयाँ पार्टीको पक्षमा खुलेका छन् । राजेन्द्र, गणेश र कृष्णकुमारी केन्द्रीय सदस्य नै हुन् ।

मगलबार नै प्रदेश निर्वाचन कार्यालयमा गएर हस्ताक्षर गर्ने रणनीतिअनुसार उनीहरु होटलमा बसेका थिए । प्रदेश सरकारले मंगलबार झापा, मोरङ र सुनसरीमा रथ तान्न सार्वजनिक विदा दिएपछि उनीहरु बुधबार मात्रै आयोगमा जाने भएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend