Logo २०८२ फाल्गुन १९ मंगलबार
विवेकशील साझामा रवीन्द्र मिश्र र मिलन पाण्डेबीच शक्ति संघर्ष

विवेकशील साझामा रवीन्द्र मिश्र र मिलन पाण्डेबीच शक्ति संघर्ष


Epress Khabar प्रकाशित मिति : मंगलबार, भाद्र १५ २०७८
1K
SHARES

काठमाडौं, १५ भदौ -विवेकशील साझा पार्टीमा स‌योजकद्वय रवीन्द्र मिश्र र मिलन पाण्डेबीच शक्ति संघर्ष चर्किएको छ ।एमाले र जनता समाजवादी विभाजन भएलगत्तै आफूलाई वैकल्पिक राजनीतिक शक्ति दाबी गर्ने विवेकशील साझा पनि दुई चिरा हुने बाटोमा अघि बढ्न थालेको छ।

मिश्रले संघीयता खारेजी, धर्मनिरपेक्षताको सम्बन्धमा जनमतसंग्रह र राजतन्त्रलाई विशेष शक्तिका रूपमा स्वीकार्नुपर्ने सार्वजनिक रुपमा प्रस्ताव गरेपछि विवेकशीलभित्र दरार पैदा भएको हो । मिश्रले सार्वजनिक रूपमा प्रस्ताव गरेलगत्तै पाण्डेलगायतले तीव्र असन्तुष्टि जनाएका थिए । मिश्रको प्रस्तावलाई काउन्टर दिने गरी पाण्डेले पनि दस्तावेज सार्वजनिक गरेका थिए ।

विभाजनलाई प्रश्रय हुने गरी मिश्र र पाण्डेले छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन् । बिहीबारका लागि मिश्रले बैठक बोलाएपछि पाण्डेले पनि छुट्टै केन्द्रीय कमिटी बैठक बोलाइनुले विवेकशील विभाजन उन्मुख देखिएको हो । मिश्रले बोलाएको बैठक पार्टी एकीकरणविपरीत रहेको भन्दै पाण्डेले बैठक बोलाएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend