Logo २०८२ फाल्गुन २१ बिहिबार
अर्थको जिम्मेवारी खोसिएपछि असन्तुष्ट मन्त्री यादवले गरेनन् पदभार ग्रहण

अर्थको जिम्मेवारी खोसिएपछि असन्तुष्ट मन्त्री यादवले गरेनन् पदभार ग्रहण


Epress Khabar प्रकाशित मिति : मंगलबार, भाद्र १५ २०७८
799
SHARES

जनकपुरधाम, १५ भदौ- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले १३ भदौमा दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरे । मुख्यमन्त्री राउतले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहलाई अर्थ र अर्थ मन्त्री विजय यादवलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिए ।

अर्थ मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री साहले १४ भदौमा पदभार ग्रहण गरिसकेका छन् । तर, अर्थ मन्त्रीबाट भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री यादवले भने अझै पदभार ग्रहरण गरेका छैनन् ।

अर्थ मन्त्रालयको जिम्मेवारी खोसिएपछि मन्त्री यादव असन्तुष्ट भएका छन् । मुख्यमन्त्री राउत र मन्त्री यादवबीच प्रदेश सरकार गठनदेखि नै तिक्तता देखिन्छ । मन्त्री यादवले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मा नलिई राजीनामा दिने हल्ला राजनीतिक वृत्तमा फैलाइएको थियो । तर, मन्त्री यादवले आफूले राजीनामा नदिने सार्वजनिक रुपमा बताइसकेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend