Logo २०८२ फाल्गुन २१ बिहिबार
फुटबल खेलाडीहरुलाई भेटेर हाम्रो मसल दह्रो छ, खेल जित्छौँ भन्दै हौस्याए ओलीले

फुटबल खेलाडीहरुलाई भेटेर हाम्रो मसल दह्रो छ, खेल जित्छौँ भन्दै हौस्याए ओलीले


Epress Khabar प्रकाशित मिति : मंगलबार, भाद्र १५ २०७८
449
SHARES

काठमाडौं, १५ भदौ – सधैँ राजनीतिक भेटघाटमा व्यस्त हुने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार भने खेलाडीलाई फुटबल खेल जित्न हौस्याइरहेका थिए ।

सधैँ राजनीतिक भेटघाटमा व्यस्त हुने ओलीले १७ भदौमा हुने नेपाल-भारत मैत्रीपूर्ण फुटबल प्रतियोगिताका नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई हौस्याए । उनले खेलाडीसँग कुनै राजनीतिक कुरासमेत गरेनन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा फुटबल खेलाडीलाई नेपालमा राम्रो अभ्यास र तालिम नभए पनि खेलाडीलाई हौसला दिन उनले कुनै कन्जुस्याइँ गरेनन् । एमाले अध्यक्ष ओलीले नेपालका खेलाडी तुलनात्मक रूपमा अग्ला नभए पनि मसल दह्रो भएकाले खेल जित्ने दाबी गरे ।

‘खेल्न नसकेर नजित्ने कारण छैन । हाम्रा खेलाडीको सरदर हाइट कम छ’, उनले भने, ‘तैपनि हाम्रा मसल दह्रो भएकाले खेल जित्छौँ । यस मैदानमा जित्नका लागि आएका छौँ भनेर खेल खेल्ने हो ।’ उनले फुटबल खेल जितेर अन्य खेलको असुल उपर गर्न खेलाडीलाई आग्रह गरे । उनले खेलाडीलाई हरेस नखान र मनोबल उच्च राख्न आग्रहसमेत गरे ।

उनले फुटबल खेल म्याराथन जस्तो नभएको समेत स्पष्ट पारे । ‘यो खेलमा लगातार कुद्नुपर्दैन । एउटा पोस्टबाट अर्को पोस्टको लम्बाइ ८० मिटर । त्यो ८० मिटर कुद्नुपर्दैन’, उनले भने, ‘फुटबलमा रिले दौड जस्तै सय मिटर खुर्र कुद्न सक्नुपर्छ अनि खेलको बीचमा आराम गर्नुपर्छ । अनावश्यक दौडिएर हुँदैन । एकअर्कालाई पास दिएर खेल्नुपर्छ ।’

उनले अलिकति डिफेन्सिभ भए पनि हरेस नखान खेलाडीलाई आग्रह गरे । उनले हाफ टाइमभन्दा अगाडि अर्काले खुरुखुरु चार गोल गरे पनि हाफ टाइमपछि बाँकी रहेको समममा पाँच गोल हान्न आग्रह गरे । ‘हाफ टाइमभन्दा पछि आफ्नो तेज देखाउनुहोस्’, उनले भने, ‘भरसक विपक्षीले भन्दा अगाडि हामीले पहिलो गोल गर्नुपर्छ अनि विपक्षीको मनोबल अलिक कमजोर हुन्छ । ’

उनले दोस्रो गोल आफूलाई सुरक्षित राख्नका लागि हान्न आग्रह गरे । उनले दुई गोल गरे विपक्षीले हरेस खाने र जित्न सकिने बताए । उनले विपक्षीलाई गोल गर्न मौका नदिनुपर्ने पनि उल्लेख गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend