Logo २०८२ फाल्गुन २१ बिहिबार
ग्रिजम्यानले बार्सिलोना छाडेपछि बार्सिलोनालाई अर्को कडा धक्का

ग्रिजम्यानले बार्सिलोना छाडेपछि बार्सिलोनालाई अर्को कडा धक्का


Epress Khabar प्रकाशित मिति : बुधबार, भाद्र १६ २०७८
743
SHARES

काठमाडौं, १६ भदौ – फ्रान्सेली स्ट्राइकर एन्टेनियो ग्रिजम्यान पूर्वक्लब एथ्लेटिको म्याड्रिड फर्किएका छन् । साविक ला लिगा विजेता एथ्लेटिको म्याड्रिडले ग्रिजम्यानलाई बार्सिलोनाबाट एक वर्षका लागि भित्र्याएको हो ।

आर्थिक समस्यामा गुज्रिरहेकाे बार्सिलोनाले ग्रिजम्यानसहित ११ खेलाडी गुमाएको छ । यसअघि लियोनल मेस्सीसमेत बार्सिलोना छाड्दै पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगिसकेका छन्।

३० वर्षीय स्ट्राइकर ग्रिजम्यानले बार्सिलोनामा एक सय दुई खेल खेल्दै ३५ गोल गरेका थिए । ग्रिजम्यानले बार्सिलोनामा रहँदा ‘कोपा डेल रे’को मात्रै उपाधि हात पारे ।

यसअघि एथ्लेटिकोबाट सन् २०१९ मा बार्सिलोना जानु अघि ग्रिजम्यानले दुई सय ५७ खेल खेल्दै एक सय ३३ गोल गरेका थिए । ग्रिजम्यानले अब बार्सिलोनाका पूर्वसहकर्मी लुईस स्वारेजसँगै अग्रपंक्तिमा भूमिका निर्वाह गर्नेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend