Logo २०८२ फाल्गुन २१ बिहिबार
आफनो पार्टीका नेता जोगाउन लोकतान्त्रिक समाजवादीका नेताहरु जनकपुर प्रस्थान

आफनो पार्टीका नेता जोगाउन लोकतान्त्रिक समाजवादीका नेताहरु जनकपुर प्रस्थान


Epress Khabar प्रकाशित मिति : बुधबार, भाद्र १६ २०७८
477
SHARES

काठमाडौं, १६ भदौ – शेरबहादुर देउवा सरकारले अध्ययादेशमार्फत राजनीतिक दल तोक्ने अधिकार स्थानीय जनप्रतिनिधिलाई दिएपछि आफनो पार्टीका नेता जोगाउन लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु काठमाडौंबाट जनकपुर प्रस्थान गरेका छन् ।

जनता समाजवादी पार्टीबाट अलग भएको महन्थ ठाकुर नेतृत्वको लोसपाले आफना प्रदेश सांसदसहितका जनप्रतिनिधिहरुलाई रोक्न भन्दै शीर्ष नेताहरु जनकपुर प्रस्थान गरेका हुन् ।

‘सरकारले अध्यादेशमार्फत दल रोज्न अधिकार दिएपछि साथीहरूसँग कुराकानी गर्न जनकपुर जान लागेका हौं’, शरदसिंह भण्डारीले न्युज कारखानालाई बताएका छन । उनकाअनुसार अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेताहरु बुधवार जनकपुर पुग्दैछन् ।

प्रदेश २ मा प्रभावशाली रहेको तराई मधेस केन्द्रीत राजनीतिक दल जसपा नेपाल र लोसपाबीच प्रदेश सांसद र स्थानीय जनप्रतिनिधि तानातान गर्ने कार्यले तीव्रता पाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend